अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह
१५ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्टलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।
गत नोभेम्बर २६ मा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको थियो । दक्षिण अफ्रिकामा पहिलोपल्ट देखिएको यो भेरियन्ट हालसम्म २० देशमा देखिइसकेको डब्लुएचओले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरमणि अधिकारीले एक विज्ञप्ति जारी गर्दै यस भेरियन्टलाई डब्लुएचओले पनि विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको बताउँदै सावधानी अपनाउन आवश्यक रहेको बताए ।
हालसम्म यो भेरियन्ट नेपालमा फेला परिसकेको छैन तर हामी सचेत हुनुपर्छ, विज्ञप्तिमा भनिएको छ, आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको छ । यो भेरिएन्ट नेपाल प्रवेश गर्न नदिन सबै पूर्व तयारीमा मन्त्रालय जुटिसकेको छ । उनले यस भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न, जनस्वास्थ्यका मापदण्ड पालना गरिदिन र सतर्क रहन सबैलाई अनुरोध गरेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply