प्रधानन्यायाधीश जबराले कायममुकायम नदिने, अस्पतालबाट डिस्चार्ज हुँदै
१६ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका आन्दोलित न्यायाधीशहरु कायममुकायम प्रधानन्यायाधीशबारे निर्णय लिन असफल भएका छन्।
कायममुकायम तोकेर अघि बढ्न नेपाल बार र सर्वोच्च बारका अध्यक्षले दबाब दिएपछि बसेको आन्दोलित न्यायाधीशको बैठक बिनानिष्कर्ष सकिएको हो।
न्यायाधीशहरूबीच लामो छलफल भयो। तर कायममुकायम प्रधानन्यायाधीशबारे टुंगो लागेन’, स्रोतले भन्यो, प्रधानन्यायाधीश जबराकै प्रतिक्षा गर्ने निर्णयमा पुगेका छौँ।
बैठकस्थलबाटै न्यायाधीशहरूले सशस्त्र प्रहरीको बलम्बुमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई फोन गरेका थिए।
जबराले आफू भोलिसम्म डिस्चार्ज भइसक्ने जवाफ दिएपछि न्यायाधीशहरूले थप निर्णय लिन नसकेका हुन्।
उनले न्यायाधीशहरूलाई कायममुकायम दिन इन्कार गर्दै आफैँ अदालतमा उपस्थित हुन लागेको बताएका स्रोतले जानकारी दिएको छ।
प्रधानन्यायाधीशले कोरोना रिपोर्ट नेगेटिभ आए पनि शुक्रबार अस्पतालबाट आउँछु भन्नु भएको छ, एक न्यायाधीशले भने,त्यहीकारण कायममुकायम तोक्ने कुरामा कुनै प्रगति भएन।
तर बिहीबारका लागि पेसी तोकिएका मुद्दा हेर्न न्यायाधीशहरूले अस्वीकार गरेका छन्। त्यहीकारण केही इजलास स्थगित समेत भइसकेका छन्।
बिहीबार लागि दिउँसो १ बजे सर्वोच्चमा १० वटा इजलास गठन गरिएको थियो। तर ती इजलासमा न्यायाधीश नजाँदा सेवाग्राहीलाई हैरानी भएको छ।
सर्वोच्चको कानुन अनुसार हरेक दिन बिहान साढे १० बजे पेसी तोक्ने नियम छ। तर पहिलो पटक १ बजे तोकिएको हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply