प्रधानन्यायाधीश जबराले कायममुकायम नदिने, अस्पतालबाट डिस्चार्ज हुँदै

१६ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका आन्दोलित न्यायाधीशहरु कायममुकायम प्रधानन्यायाधीशबारे निर्णय लिन असफल भएका छन्।
कायममुकायम तोकेर अघि बढ्न नेपाल बार र सर्वोच्च बारका अध्यक्षले दबाब दिएपछि बसेको आन्दोलित न्यायाधीशको बैठक बिनानिष्कर्ष सकिएको हो।
न्यायाधीशहरूबीच लामो छलफल भयो। तर कायममुकायम प्रधानन्यायाधीशबारे टुंगो लागेन’, स्रोतले भन्यो, प्रधानन्यायाधीश जबराकै प्रतिक्षा गर्ने निर्णयमा पुगेका छौँ।
बैठकस्थलबाटै न्यायाधीशहरूले सशस्त्र प्रहरीको बलम्बुमा उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई फोन गरेका थिए।
जबराले आफू भोलिसम्म डिस्चार्ज भइसक्ने जवाफ दिएपछि न्यायाधीशहरूले थप निर्णय लिन नसकेका हुन्।
उनले न्यायाधीशहरूलाई कायममुकायम दिन इन्कार गर्दै आफैँ अदालतमा उपस्थित हुन लागेको बताएका स्रोतले जानकारी दिएको छ।
प्रधानन्यायाधीशले कोरोना रिपोर्ट नेगेटिभ आए पनि शुक्रबार अस्पतालबाट आउँछु भन्नु भएको छ, एक न्यायाधीशले भने,त्यहीकारण कायममुकायम तोक्ने कुरामा कुनै प्रगति भएन।
तर बिहीबारका लागि पेसी तोकिएका मुद्दा हेर्न न्यायाधीशहरूले अस्वीकार गरेका छन्। त्यहीकारण केही इजलास स्थगित समेत भइसकेका छन्।
बिहीबार लागि दिउँसो १ बजे सर्वोच्चमा १० वटा इजलास गठन गरिएको थियो। तर ती इजलासमा न्यायाधीश नजाँदा सेवाग्राहीलाई हैरानी भएको छ।
सर्वोच्चको कानुन अनुसार हरेक दिन बिहान साढे १० बजे पेसी तोक्ने नियम छ। तर पहिलो पटक १ बजे तोकिएको हो।
सम्बन्धित समाचार
-
अबको चुनावमा एमाले एक्लैले बहुमत ल्याउँछ, सरकारमा पुग्छ : ज्ञवाली
-
निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो, कानून मन्त्री र महान्यायाधिवक्ता बोलाएर गरिन् ध्यानाकर्षण
-
ओली र लिङ्देनबीच भेटवार्ता
-
नेपाली कांग्रेस दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई
-
महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता
-
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप
-
मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा
-
देउवाले निरन्तर पेलेको भन्दै शेखर पक्षले बोलायो बैठक
-
शितलनिवासअघि निहारिकाको आत्मदाहको प्रयास, प्रहरीले जोगायो
-
गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या
-
आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै
-
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन, तीनै तहका बैठक आह्वान
Leave a Reply