कांग्रेस महाधिवेशन : सभापतिको साझा उम्मेद्वार छान्न पौडेल पक्षको बैठक बस्दै
२१ मंसिर, काठमाडौं । कांग्रेसको महाधिवेशनको दिन नजिकिँदै गए पनि संस्थापन र इतर पक्षले उम्मेद्वारीका लागि आ-आफ्नो समूह बनाउन सकेका छैनन् । संस्थापनमा सभापति शेरबहादुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क-कसलाई समेट्ने टुङ्गो लागेको छैन ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण बनाउन खोजेका छन् । यस्तै, संस्थापन इतरबाट सभापतिकै उम्मेदवार को बन्ने भन्ने टुङ्गो लागेको छैन । हिजो बेलुका रामचन्द्र पौडेल समूहमा केन्द्रीय सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउन छलफल भए पनि सहमति जुट्न सकेन ।
सोमबार दिउँसो ३ बजे शेखर कोइरालासँगको छलफलपछि युवा नेताहरूले छुट्टै छलफल गरेका थिए । सोमबार साँझ ५ बजेपछि भएको छलफलमा युवा गगन थापा, बद्री पाण्डे, चन्द्र भण्डारी, धनराज गुरुङ, दीपक गिरी र सरिता प्रसाईँलगायतको सहभागी थिए ।
हिजो पौडेलसहित महामन्त्री शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो ।
तर, सहमति नभए पछि आज फेरि बैठक बस्न लागेको हो । दिउँसो १ बजे बस्ने बैठकले साझा उम्मेदवार तोक्ने सम्भावना छ । यस्तै कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू काठमाण्डौ आउने क्रम सुरु भएको छ । कांग्रेसको १४औं महाधिवेशन आउँदो शुक्रवारदेखि आइतवारसम्म काठमाडौंमा हुँदैछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply