कांग्रेस महाधिवेशन : सभापतिको साझा उम्मेद्वार छान्न पौडेल पक्षको बैठक बस्दै
२१ मंसिर, काठमाडौं । कांग्रेसको महाधिवेशनको दिन नजिकिँदै गए पनि संस्थापन र इतर पक्षले उम्मेद्वारीका लागि आ-आफ्नो समूह बनाउन सकेका छैनन् । संस्थापनमा सभापति शेरबहादुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क-कसलाई समेट्ने टुङ्गो लागेको छैन ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण बनाउन खोजेका छन् । यस्तै, संस्थापन इतरबाट सभापतिकै उम्मेदवार को बन्ने भन्ने टुङ्गो लागेको छैन । हिजो बेलुका रामचन्द्र पौडेल समूहमा केन्द्रीय सभापतिको साझा उम्मेदवार टुङ्गो लगाउन छलफल भए पनि सहमति जुट्न सकेन ।
सोमबार दिउँसो ३ बजे शेखर कोइरालासँगको छलफलपछि युवा नेताहरूले छुट्टै छलफल गरेका थिए । सोमबार साँझ ५ बजेपछि भएको छलफलमा युवा गगन थापा, बद्री पाण्डे, चन्द्र भण्डारी, धनराज गुरुङ, दीपक गिरी र सरिता प्रसाईँलगायतको सहभागी थिए ।
हिजो पौडेलसहित महामन्त्री शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो ।
तर, सहमति नभए पछि आज फेरि बैठक बस्न लागेको हो । दिउँसो १ बजे बस्ने बैठकले साझा उम्मेदवार तोक्ने सम्भावना छ । यस्तै कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू काठमाण्डौ आउने क्रम सुरु भएको छ । कांग्रेसको १४औं महाधिवेशन आउँदो शुक्रवारदेखि आइतवारसम्म काठमाडौंमा हुँदैछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply