आधा घटाइयो आङ साङ सुकीको जेल सजाय
२१ मंसिर, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय सेनाले आधा घटाउने निणर्य गरेको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको जनाएको छ ।
सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक-फरक आरोपमा समान दुई/दुई वर्षको जेल सजाय सुनाएको थियो । गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएसँगै ७६ वर्षीया सुकी म्यानमार नजरबन्दमा रहँदै आएकी छिन् । त्यसयता पहिलो पटक सेनाको अदालतले उनको मुद्दामा फैसला सुनाएको हो । यसअघि म्यानमारको सेनाले उनीविरुद्ध विभिन्न करिब एक दर्जन आरोपमा मुद्दा दायर गरेको थियो ।
यद्यपि सुकीले आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । म्यानमारका अपदस्थ राष्ट्रपति विन मिन्टलाई सुनाइएको चार वर्षको सजाय पनि आधा घटाइएको सेनाले बताएको छ । एजेन्सी
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply