आधा घटाइयो आङ साङ सुकीको जेल सजाय
२१ मंसिर, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय सेनाले आधा घटाउने निणर्य गरेको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको जनाएको छ ।
सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक-फरक आरोपमा समान दुई/दुई वर्षको जेल सजाय सुनाएको थियो । गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएसँगै ७६ वर्षीया सुकी म्यानमार नजरबन्दमा रहँदै आएकी छिन् । त्यसयता पहिलो पटक सेनाको अदालतले उनको मुद्दामा फैसला सुनाएको हो । यसअघि म्यानमारको सेनाले उनीविरुद्ध विभिन्न करिब एक दर्जन आरोपमा मुद्दा दायर गरेको थियो ।
यद्यपि सुकीले आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । म्यानमारका अपदस्थ राष्ट्रपति विन मिन्टलाई सुनाइएको चार वर्षको सजाय पनि आधा घटाइएको सेनाले बताएको छ । एजेन्सी
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply