सर्वदलीय बैठक अघि सत्ता गठबन्धनबीच छलफल
३ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बोलाएका छन् । विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् ।
उक्त बैठकमा देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुनेछन् । प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोध र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्नका लागि आइतबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
’साझा धारणा निर्माणका लागि आइतबार दिउँसो २ बजे सत्तारुढ गठबन्धनको बैठक बस्नेछ’ सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद् बैठक अवरुद्ध हुँदै आएको छ । जसकारण एमसीसी पनि प्रभावित भएको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply