बालुवाटारमा सत्तारुढ गठबन्धनकाे बैठक शुरु
४ पुस,काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुरु भएको छ । अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्ने भएपछि त्यसको तयारीका लागि बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको हो ।
यो बैठकले प्रधानमन्त्रीद्वारा बोलाइएको सर्वदलीय बैठकमा प्रस्तुत हुने रणनीतिबारे तयारी गर्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका प्रतिनिधि पनि सहभागी छन् ।
बैठकले गत भदौ २३ गतेदेखि संसदमा एमालेले गरेको अवरोध खुलाउने विषयमा छलफल गर्ने भएको छ । त्यस्तै अमेरिकी परियोजना एमसीसीबारे पनि बैठकमा साझा धारणा बनाउने तयारी छ । सत्ता साझेदार माओवादीले आफ्नो राष्ट्रिय सम्मेलन अगाडि एमसीसी संसदमा अघि बढाउन नहुने अडान लिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply