सिरहामा छुरा प्रहार प्रकरण : विरोध प्रदर्शनले गोलबजार तनावग्रस्त, राजमार्ग बन्द
५ पुस, सिरहा । एक युवकमाथि छुरा प्रहार गरी गरिएको हत्याको विरोधका कारण आज पनि सिरहाको गोलबजार तनावग्रस्त बनेको छ । गोलबजार नगरपालिका-६ का २६ वर्षका रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गर्नेलाई प्रहरीले अझै पक्राउ गर्न नसकेको भन्दै स्थानीयवासीले पूर्व-पश्चिम राजमार्ग नै बन्द गराएका गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले जानकारी दिए ।
हिजो आइतवार छुरा प्रहार गरी हत्या गर्ने अभियुक्तहरुलाई २४ घण्टाभित्र पक्राउ गर्ने प्रतिबद्धता प्रहरीले पूरा नगरेको भन्दै स्थानीयवासीले पूर्व-पश्चिम राजमार्ग नै बन्द गरेका हुन् । सडक खुलाउन प्रहरीले माइकिङ गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गामुडा गरेका छन् । त्यसपछि प्रहरीले पनि लाठीचार्ज गरेको छ । प्रदर्शनकारी र प्रहरी दुवैतर्फका केही व्यक्ति घाइते भएका मेयर साहले बताए ।
हिजो छुरा प्रहारबाट गोलबजार नगरपालिका-६ का २६ वर्षीय रामकुमार सदायको ज्यान गएको थियो । छुरा प्रहारबाटै उनका साथी निकेश सदाय गम्भीर घाइते भएका छन् । मृतकको शव भने परिवारले बुझेका छैनन् ।
छुरा प्रहार गरी हत्या गर्नेलाई पक्राउ गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने प्रदर्शनकारीको माग छ । उनीहरूले अपराधी ठूला व्यक्ति भएकाले प्रहरी आर्थिक प्रलोभनमा परेर पक्राउ गर्न नचहेको आरोप समेत लगाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply