एमालेको लुम्बिनी प्रदेश अधिवेशन माघ ८मा
६ पुस, काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन आगामी माघ ८ गते नेपालगन्जमा हुने भएको छ।
सोमबार दाङको बाह्रकुनेमा सम्पन्न एमाले प्रदेश संगठन कमिटीको बैठकले प्रदेश अधिवेशनको मिति (माघ ८) र स्थान (नेपालगन्ज) तय गरेको हो।
अधिवेशनका लागि एमाले लुम्बिनी कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। विभिन्न उपसमिति पनि बनाइएको छ।
अधिवेशनका लागि प्रदेश निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चुनिने छन्। जसअनुसार प्रदेश निर्वाचन क्षेत्रबाट २ सय जना संगठित सदस्य बराबर १ प्रतिनिधि चुनिने कमिटीका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए।
त्यसरी चुनिँदा एकतिहाइ महिला अनिवार्य गर्नुपर्ने विधानमा व्यवस्था छ। समावेशितालाई पूर्ण ध्यान दिनुपर्ने छ’, उनले भने, ‘अधिवेशनबाट २ सय ५ सदस्यीय प्रदेश कमिटि चयन हुनेछ।
त्यसअघि पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय एमालेले गरेको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply