कांग्रेस प्रदेश-२ अधिवेशन : ७४ पदमा १८० जनाको उम्मेदवारी,
७ पुस, जनकपुर । सत्तारुढ नेपाली कांग्रेस प्रदेश-२ को नेतृत्वका लागि आज चुनाव हुँदैछ । बिहान ८ बजेदेखि निर्वाचन हुने यसअघि कार्यतालिका रहे पनि यो परिवर्तन हुन सक्ने निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी दर्ताको समय राति ८ बजेसम्म राखिएकाले बुधबार बिहान ७ः३० बजेसम्म उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको निर्वाचन समितिका अधिकृत प्रह्लाद गौतमले जानकारी दिएका छन् । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेपछि निर्वाचन शुरु हुनेछ । निर्वाचनमा दुई प्यानलले उम्मेदवारी दिएका छन् । सभापतिमा रामसरोज यादव र कृष्णा राय यादवले उम्मेदवारी दिएका छन् । प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका रामसरोज नेता विमलेन्द्र निधी निकट हुन् भने कृष्णा पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।
रामसरोजलाई निधीका साथै डा. शेखर कोइराला समूहले समेत समर्थन गरेका छन् । निधी र कोइराला समूहबाट रामसरोजको प्यानल तयार भएको छ । रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका बिनोद खनालले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा प्रदेश सांसद समेत रहेका सिरहाका नेता नरेश यादव र सर्लाहीका हरेस महतोले उम्मेदवारी दिएका छन् ।
सहमहामन्त्रीमा पर्साका अरबिन्द अमात्य, महोत्तरीका विनोद यादव र महिला सहमहामन्त्रीमा बाराकी निर्मला सुवेदीले उम्मेदवारी दिएका छन् । कृष्णा यादवको प्यानलबाट उपसभापतिमा बाराका चन्द्रशेखर यादव र प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री समेत रहेका सर्लाहीका नेता वीरेन्द्र सिंहले उम्मेदवारी दिएका छन् ।
सिरहाका उपेन्द्र यादव र पर्साका बृहस्पतिकुमार श्रेष्ठले महामन्त्रीमा उम्मेदवारी दिँदा सहमहामन्त्रीमा सप्तरीका पर्शुराम चौधरी, बाराका जयनारायण यादव र महिला सहमहामन्त्रीमा सप्तरीकी रिता यादवले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा उम्मेदवारी दिएका पर्शुराम सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष समेत हुन् ।
निर्वाचन समितिका सदस्य अरुण यादवका अनुसार ७४ पदका लागि १८० जनाको उम्मेदवारी परेको छ । आ-आफ्ना उम्मेदवारलाई जिताउनका लागि नेताहरु जनकपुरधाम आएका छन् । देउवा प्यानललाई जिताउन गृहमन्त्री बालकृष्ण खाँण पछिल्लो तीन दिनदेखि जनकपुरधाममा छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply