न्यायाधीश मीरा खड्काको स्पष्टीकरण : मैले जन्ममितिमा सच्याएको छैन, न्याय परिषदको त्रुटी हो
९ पुस, काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश मीरा खड्काले आफ्नो जन्म मिति फरक-फरक नरहेको स्पष्ट पारेकी छन् । न्यायाधीश खड्काको फरक-फरक जन्ममिति रहेको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेपछि उनले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेकी हुन् ।
न्याय परिषद्ले प्रकाशित गरेको कुनै प्रकाशनमा त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएको कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित होइन, खड्काको विज्ञप्तिमा लेखिएको छ, न्याय परिषदद्वारा राखिएको शैक्षिक प्रमाणपत्र समेतका अभिलेखमा मेरो जन्ममितिको पूणर् र यथार्थ विवरण नै उल्लेख छ । मैले जन्ममिति सच्याउनु पर्ने कुनै कारण छैन र सच्याएको पनि छैन ।
एसएलसीलगायतका आफ्ना सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रहरुमा जन्म मिति वि.सं. २०१४ जेठ २ भन्ने नै उल्लेख भएको खड्काले बताएकी छन् । शाखा अधिकृत पदमा न्याय सेवामा प्रवेश गरेपछि २०३९ साल भरेको निजामति कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण फारममा पनि त्यही उल्लेख रहेको उनको भनाइ छ। न्यायाधीशको हैसियतमा २०६१ र २०७१ सालमा भरेको विवरणमा पनि २०१४ जेठ २ भन्ने उल्लेख रहेको उनको दाबी छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply