काठमाडौं नयाँ बसपार्कमा एक महिलामाथि नौं जनाबाट रातभर ‘सामुहिक बलात्कार’
१४ पुस, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा नौ पुरुषले एक महिलालाई रातभर सामुहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न आरोपमा हालसम्म आठ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीका अनुसार पीडित महिलाको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । प्रहरीका अनुसार यही पुस १२ गते सुर्खेतबाट काठमाडौं आएकी अन्दाजी ३२/३३ वर्षीया महिलालाई नयाँ बसपार्कमा भेटेर मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बडुवालले नै फोन गरेर विभिन्न व्यक्तिलाई बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
राति दुई र अर्को दिनको बिहान थप सात जनाले बलात्कार गरेको खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । काठमाडौंका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले सोमबार दिउँसो ३ बजेदेखि हालसम्म आठ जना पक्राउ परेको र थप एकजना फरार रहेको बताए । उनका अनुसार प्रहरीले सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा आरोपीहरूलाई पक्राउ गरेको हो ।
उनका अनुसार पीडित महिलाको स्वास्थ्य अवस्था सामान्य छ । पीडित महिला दुई सन्तानकी आमा समेत रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार घटना अनुसन्धानका क्रममा युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीसलगायत आठजना पक्राउ परेका छन् । प्रहरीले आधिकारिक रूपमा भने नाम सार्वजनिक गरेको छैन ।
पक्राउ परेकाहरू सबै चिनजानकै व्यक्ति रहेको खुलेको छ । पीडित महिला कामको खोजीमा काठमाडौं आएको खुलेको छ । उनका श्रीमान् भारतमा रोजगारीका लागि गएको र लामो समयदेखि सम्पर्कमा नरहेको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply