माओवादीले केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई दिने !
१६ पुस, काठमाडौं । केन्द्रीय समितिमा लैजाने नेताहरूको विधि बनाउन नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्ने भएको छ।
अहिले ११ बजे प्रज्ञा प्रतिस्ठानमा बस्ने बैठकले प्रदेशहरुलाई केन्द्रीय सदस्य चयन गरेर पठाउन निर्देशन दिने तयारी छ।
अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको सुझावदिने क्रम हिजो सकिएपछि माओवादीमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्न लागेको हो।
स्थायी समिति बैठकमा अध्यक्षको प्रतिवेदनमाथिको जवाफ र नेतृत्वको विषयमा छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्षको प्रतिवेदनमाथी प्राप्त सुझावको जवाफ र नेतृत्व चयन प्रक्रियाबारेमा स्थायी समितिमा छलफल हुन्छ। त्यसले एउटा विधि बनाएपछि कसरी जाने निर्णय हुनेछ।
सोमबार प्रचण्डले पेश गरेको ४५ पृष्ठको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन बनेको २५ वटा समूहले थुप्रै सुझाव दिएका छन्। त्यसबाहेक राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलले पुरक प्रस्ताव र फरक मत पेश गरेका छन्।
यी सबैलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले दिउँसो १ बजे जवाफ दिनुअघि स्थायी समिति बैठक राखिएको मल्लले बताए।
स्रोतका अनुसार माओवादीको केन्द्रीय सदस्यको नाम पेश गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिने सम्भावना छ। माओवादीका १० वटा प्रदेश समिति छन्।
विधान अनुसार महाधिवेशन प्रतिनिधिले २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। त्यो केन्द्रीय समितीले बल्ल अध्यक्ष सहितको १५ पदाधिकारी चयन गर्ने व्यवस्था छ।
प्रत्यक प्रदेशलाइ क्ल्ष्टर, भूगोल र जनसंख्या लगायत मिलाएर पठाउन निर्देशन दिने तयारी छ। ‘समावेशी, समानुपातिक रुपमा क्लष्टर मिलाएर नाम माग्ने र सोही नाम बन्दसत्रमा प्रस्ताव गर्ने तयारी छ,’ स्रोतले भन्यो, ‘प्रत्येक प्रदेशसँग केन्द्रीय सदस्यको नाम पठाउन स्थायी समितिले निर्देशन दिने सम्भावना छ। निर्वाचन वा सहमतीय जुनसुकै विधिबाट पनि प्रदेशहरुले केन्द्रीय सदस्यको नाम पठाउन सक्छन्।
तर, त्यसरी नाम पठाउँदा जनसंख्या, भूगोल, त्यो क्षेत्रमा रहेको जनजाति आदिवासी, मधेस वा अन्य कुनै समुदायको संख्याका आधारमा प्रस्ताव गर्नुपर्नेछ।
अहिले बस्ने स्थायी समिति बैठकमा विधान संशोधन मस्यौदा समितिले पनि क्ल्ष्टरवाइज नाम पेश गर्ने संभावना पनि छ।
समितिमा देव गुरुङ, विष्णुपुकार श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणि पोखरेल छन्। हिजो सो समितिले तयारी नपुगेर क्ल्स्टरवाइज नाम पेश गर्न सकेको थिएन।
माओवादीको आठौं महाधिवेशनमा १७ सय प्रतिनिधि सहभागी भएका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply