नयाँ नेतृत्व टुङ्गो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
१८ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि बैठक बसकेको हो । बन्द सत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित छ । बन्द सत्र शुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो । माओवादीको महाधिवेशन शुरु भएको ८ दिन भइसक्दा पनि नेतृत्व चयनमा सकस भएको छ । अध्यक्ष बाहेक पदाधिकारी र केन्द्रीय कमिटी चयनमा समस्या देखिएको छ ।
केन्द्रीय कमिटी र पदाधिकारी चयनका लागि प्रचण्डले आज पार्टी शीर्ष नेताहरूसँग छुट्टै छलफल समेत गरेका छन् । आगामी कार्यकालका लागि पार्टीको केन्द्रीय सदस्यको नाम टुंगो लगाउन बैठक बसेको हो । आज दिउँसो १ बजे पदाधिकारीसहित केन्द्रीय समिति घोषणा गर्ने तयारी छ ।
८ प्रदेशबाट प्राप्त नामावली अनुमोदन गर्नेगरी केन्द्रीय सदस्यको नाम टुंगो लगाउने प्रयास भइरहेको छ । माओवादी केन्द्रको आठौं महाधिवेशन जारी कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमै स्थायी समिति बैठक बसेको हो । सर्वोच्च अदालतले नेकपा भंग गर्दै पार्टी पुनःस्थापना भएयता माओवादी केन्द्रको स्थायी कमिटीमा १५ सदस्य छन् । माओवादी केन्द्रको विधानअनुसार अबको केन्द्रीय समितिमा १५ जना पदाधिकारीसहित २९९ सदस्य रहने छन् ।
जारी स्थायी समितिको बैठक सकिएलगत्तै शुरु हुने बन्द सत्रमा पदाधिकारीसहित केन्द्रीय समितिमा रहनेहरूको सूची घोषणा गर्ने तयारी छ । सहमति भए ध्वनि मतका साथ पास गर्ने नभए चुनाव शुरु गर्ने तयारी छ । नेतृत्व चयन गर्न हुने निर्वाचनका लागि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । जसमा दिउँसो २ बजे उम्मेदवारी दर्ता शुरु गर्ने उल्लेख छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply