बालुवाटार जग्गा प्रकरणमा तीन सय बढीविरुद्ध पक्राउ पूर्जी
२१ पुस,काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन सय जना भन्दा बढीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई अनुमति दिएको छ ।
बालुवाटार जग्गा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको सीआइबीले जिल्ला अदालतसमक्ष उनीहरुका नाममा पक्राउ अनुमति माग गरेको थियो । सीआइबीको माग अनुसार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
जग्गा अनियमिततामा संलग्न रहेको आरोपमा करिब चार सय जनामाथि केन्द्रित रहेर अनुसन्धान गरिएको र तीन सयभन्दा बढीलाई पक्राउ गर्न अनुमति लिइएको उनले बताए ।
सीआईबीले ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धानलाई अन्तिम चरणमा पुर्याएको छ । जसमध्ये १३६ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ। पक्राउ पुर्जी जारी भएपछि उक्त प्रकरणमा संलग्न रहेका तत्कालीन भौतिक योजना मन्त्रालयका सचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बस्न्यात ‘सम्पर्क बाहिर’ रहेको स्रोतले बतायो ।
शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले २ सय ९९ रोपनी जग्गा जफत भएको हो कि होइन भनेर अध्ययन गरेको थियो । जसमा सरकारले १४ रोपनी ११ आना मात्रै जफत गरेको समितिको निष्कर्ष थियो ।
कीर्ते गरी चार पटक व्यक्तिका नाममा दर्ता गरेको पाइएको अनुसन्धानले देखाएको छ । २०४९, २०६२, २०६७ र २०६९ मा भएका कीर्तेविरुद्ध छुट्टाछुट्टै चार मुद्दा अघि बढाउने तयारी रहेको छ । यो प्रकरणको हदम्याद पुस २७ मा सकिँदै छ । प्रहरीले एक हप्ताभित्र अनुसन्धान प्रतिवेदन तयार गर्नुपर्ने हुन्छ । राजनीतिक नेतृत्व, राणा परिवार, भूमाफिया र कर्मचारीको मिलेमतोमा जग्गा अतिक्रमण भएको निश्कर्ष सीआईबीको छ । राजनीतिक नेतृत्वविरुद्ध मुद्दा नचलाउन दबाब आइरहेको स्रोत बताउँछ । ती स्रोतका अनुसार कर्मचारी तहमा मात्रै मुद्दा चलाउने तयारी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply