२२ पुष २०७८, बिहीबार ०५:३५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध उजुरी परेको हो । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले विधान विपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै पद खारेजीको माग गर्दै उजुरी दिएका हुन् ।
कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले केन्द्रीय सदस्य बन्न नपाउने यादवको दाबी छ । यादवले चौधरीको पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन पनि माग गरेका छन् । विनोद चौधरी मधेशी खुला कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply