नारायणहिटीभित्र बतास समूहले बनाएको कफी हाउस भत्काइयो
२३ पुस, काठमाडौं । नारायणहिटी दरबारभित्र बतास समूहले बनाएको कफी हाउसको संरचना भत्काइएको छ । दरबार संग्रहालय समितिले आज उक्त संरचना भत्काएको हो । यसअघि समितिसँग गरिएको सम्झौता विपरीत संरचना बनाएको र ऐतिहासिक सम्पदाभित्र आधुनिक क्याफ्टेरियाको निर्माण गरेको भन्दै सर्वत्र बिरोध भएको थियो । गत साता उक्त संरचना भत्काउन समितिले बि. म्यानेजमेण्ट प्रा.लि.लाई पत्र लेखेको थियो ।
यसबीच संग्रहालय समितिले बक्यौता भाडा तिर्न बतास समूहको म्यानेजमेण्टलाई ताकेता गरे पनि तिरेको थिएन । आज दरबारभित्रको अवैध निर्माण भत्काएपछि कानूनी प्रक्रिया पुर्याउन एकाएक बैंक खातामा १३ लाख रुपैयाँ जम्मा गरिएको छ । कानुनी रुपमा आफूले भाडा तिर्दा तिर्दै पनि संरचना भत्काएको भन्दै कानुनी उपचारमा जानको निमित्त बतास समूहले उक्त भाडा तिरेको बैंकमा जम्मा गरेको बुझिन्छ ।
विवादित क्याफ्टेरिया निर्माणको माउ कम्पनी बतास अर्गनाइजेसनमा प्रधानमन्त्री पत्नी डा. आरजू राणा देउवाको समेत आशिर्वाद रहेको पाइएपछि नारायणहिटीको क्याफ्टेरिया विवाद थप पेचिलो बनेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply