प्रधानमन्त्री देउवा ओलीलाई भेट्न आज बालकोट जाँदै
२४पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भएका छन् ।
आज १० बजेपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले भने, सम्माननीय प्रधानमन्त्री ज्यूले अहिले १० बजे प्रतिपक्ष दलका नेता केपी ओलीसँग उनकै निवास बालकोटमा गएर भेट गर्दै हुनुहुन्छ ।
भेटमा प्रधानमन्त्री देउवाले संसद् बैठकमा एमालेले निरन्तर गरिरहेको अवरोध खुलाउन आग्रह गर्ने बताइएको छ ।
गत मंगलबार गठबन्धनको उच्च स्तरीय राजनीतिक समन्वय समितिका संयोजक एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए । बुधबार प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको समन्वय समितिको बैठकमा पौडेलले संसदको गतिरोध अन्त्यका लागि ओलीसँग छलफल गर्न प्रधानमन्त्री देउवालाई सल्लाह दिएको बताएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply