विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भङ्ग, रविन्द्र मिश्रसँग सम्बन्धविच्छेद
२४ पुस, काठमाडौं । विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भङ्ग भएको घोषणा भएको छ । पार्टीको मिलन पाण्डे समूहका समितिका संयोजक सुरेश भट्टले अन्तर्राष्ट्रिय समिति भङ्गगर्दै अध्यक्ष रवीन्द्र मिश्रसँग पनि सम्बन्धविच्छेदको घोषणा गरेका हुन् ।
विवेकशील साझाको अन्तर्राष्ट्रिय समितिले रविन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत् समूहसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछौं । तथापि, वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट संगठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहहरुसँगै अन्तर्राष्ट्रिय समिति समेत भङ्ग भएको घोषणा गर्दछु, भट्टको विज्ञप्तिमा भनिएको छ ।
उनले पार्टीको विचार त्यागेर बाटो परिवर्तन गरि नागरिक अभिमतबाट अपदस्थ राजतन्त्रको पक्षमा विवेकशील साझाको नाम, चिन्ह र पहिचान प्रयोग नगर्न समेत मिश्रलाई सचेत गराएका छन् । पार्टीलाई अस्वाभाविक हिसावले व्यवस्था विरोधी, संविधान विरोधी, परिवर्तन विरोधी र प्रवासी नेपाली विरोधी, परिवर्तन विरोधी पार्टीको रुपमा चित्रित गर्ने काम रवीन्द्र मिश्रबाट भएको आरोप लगाउँदै समितिले विरोध गरेको छ ।
विवेकशील पार्टीमा पछिल्लो समय वैचारिक मतभिन्नता आउँदा चर्को अन्तरविरोध रहेको छ। मिश्रको संघीयता र गणतन्त्र विरोधी डकुमेन्ट पास भएपनि मिलन पाण्डे समूहले विरोध गर्दै आएको थियो । यही विवादका बीच मिश्र समूहले पाण्डेलाई निष्काशनको घोषणा गरेको थियो । हाल मिश्रले राप्रपासँग एकीकरण वार्ता थालेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply