एमाले सिन्धुलीको अध्यक्षमा कार्की निर्वाचित
२६ पुस, सिन्धुली । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा कुमारबहादुर कार्की निर्वाचित भएका छन् । उनी ४८८ मतसहित निर्वाचित भएका हुन् ।
कार्कीले निकटतम प्रतिद्वन्द्वी प्रदीपकुमार कटुवाललाई पराजित गरेका हुन् । निर्वाचनमा कटुवालले ४०८ मत प्राप्त गरेका थिए । निर्वाचनमा पराजित भएका कटुवाल बागमती प्रदेशसभा सदस्य हुन् भने उनी कार्कीका ज्वाइँ समेत हुन् ।
सर्वसम्मत नेतृत्व चयन गर्न सम्भव नरहेपछि एमाले सिन्धुली नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रियामा गएको थियो । नेतृत्व चयनका लागि आइतबार मतदान गरेको थियो । निर्वाचनमा कुल ९०३ मत खसेको थियो । त्यस्तै उपाध्यक्षमा कणर् बहादुर घिसिङ ४४९ मतका साथ विजयी भएका छन् । उनले जगदीश्वर तोलाङे र विनोद कुमार खड्कालाई पराजित गरेका हुन । तोलाङेले २१ मत पाउँदा खड्काले ४०४ मत पाएका थिए ।
त्यस्तै उपसचिवमा रश्मिला देवकोटा र मञ्जु देवकोटा निर्वाचित भएका छन् । रश्मिलाले ४६५ मत र मञ्जुले ४४५ मतका साथ विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी खड्ग रजनले ३११ मत पाए भने नवराज थिङले ४४० मत पाए । सचिव पदमा भने यश अघि नै सर्वसम्मत चयन भइसकेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply