२७ पुष २०७८, मंगलवार ०२:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले कैलालीको अध्यक्षमा थापा विजयी, चन्द ४ मतले पराजित
२७ पुस, कैलाली । नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन्। अध्यक्षका प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौं अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले २८७ मत पाउँदा चन्दले २८३ मत पाए।
यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन्। जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए।
सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए। यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्।
चौधरीले २९० मत ल्याउँदा शाहीले १९६ मत ल्याए । ६०९ प्रतिनिधि मध्ये हिजो भएको मतदानमा ५८९ मत खसेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply