ललिता निवास जग्गा प्रकरण : छुटे सुवेदी दम्पती

२८ पुस,काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दम्पतीलाई हाजिरी जमानीमा छुटेका छन् ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिचौलिया आरोपमा नियन्त्रणमा लिएका लेखनदास ५७ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५५ वर्षीया माधवी सुवेदीलाई मंगलबार हाजिरी जमानीमा छाडिएको हो । आवश्यक परेका बेला उपस्थित हुने शर्तमा ब्युरोले उनीहरूलाई आफन्तको जिम्मामा छाडेको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ परेका थिए ।
मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर अझै अनुसन्धान नपुगेको भन्दै उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई नै फर्काइदिएको छ ।
सम्बन्धित समाचार
-
अबको चुनावमा एमाले एक्लैले बहुमत ल्याउँछ, सरकारमा पुग्छ : ज्ञवाली
-
निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो, कानून मन्त्री र महान्यायाधिवक्ता बोलाएर गरिन् ध्यानाकर्षण
-
ओली र लिङ्देनबीच भेटवार्ता
-
नेपाली कांग्रेस दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई
-
महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता
-
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप
-
मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा
-
देउवाले निरन्तर पेलेको भन्दै शेखर पक्षले बोलायो बैठक
-
शितलनिवासअघि निहारिकाको आत्मदाहको प्रयास, प्रहरीले जोगायो
-
गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या
-
आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै
-
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन, तीनै तहका बैठक आह्वान
Leave a Reply