एपीएफले जित्यो प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै नगद पाँच लाख हात पार्यो । उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । ३६ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको उसको पारी कप्तान दीपेन्द्र सिंह ऐरीले सम्हाल्ने प्रयास गरे । उनले चौथो विकेटका लागि आरिफ शेखसँग ३७ रनको साझेदारी गरे । पाँचौं विकेटका लागि दीलिप नाथसँग ५६ रनको साझेदारी गरे । तर अरु ब्याट्सम्यान चल्न सकेनन् ।
अन्तिम ओभरमा आउट भएका दीपेन्द्रले ५४ बलमा ३ चौका र २ छक्काको मदतमा ६५ रन बनाए । दीलपनाथले २३, आरिफ शेखले १२ र अनिलकुमार साहले १० रन बनाए । अरुले दोहोरो अंक नै जोड्न सकेनन् ।
एपीएफका अविनाश बोहरा र किशोर महतोले डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै पुलिसलाई लक्ष्यसम्म पुग्बाट रोके । महतोले ३ विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफको पनि सुरुआत खराब थियो । ८१ रन जोड्दा ६ विकेट गुमाइसकेको उसको पारी तल्लो क्रमका ब्याट्सम्यानले सम्हाले र १९.५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो । कप्तान सरद भेषावकरले १९ रन बनाउँदा भुवन कार्कीले १७ रन जोडे । नवौं नम्बरमा ब्याटिङ गर्न आएका अमर रौतेलाले १५ बलमा २ चौका र ३ छक्का प्रहार गरेर सर्वाधिक २९ रन बनाए ।
त्यसअघि लोकेश बमले १५ मा २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाएका थिए ।
पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले तीन/तीन विकेट लिए । गुल्शन झाले २ तथा आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १-१ विकेट लिए ।
सम्बन्धित समाचार
-
एमालेको जनमत यथावत छ : उपमहासचिव ज्ञवाली
-
काठमाडौँ महानगरपालिका : बालेन साहको ९,५६३ मतान्तरसहित अग्रता
-
घोराही उपमहानगरमा सत्ता गठबन्धन पराजित, एमालेका नरुलाल विजयी
-
बनेपाको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
-
५३४ पालिकाको मत परिणाम : कांग्रेस, २४१, एमाले १५४, माओवादी १०१ वटामा विजयी
-
हालसम्मको मत परिणाम : कांग्रेस २००, एमाले १२४, माओवादी केन्द्र ८६ पालिकामा विजयी
-
भरतपुरको मेयरमा रेनुलाई ८४८ मतको अग्रता
-
बालेनले कटाए १५ हजार मत, स्थापित ८,२८८, सिर्जना ७,२९०
-
एमालेले हटायो नौ महिनादेखि जारी संसदको अवरोध
-
एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयाे – शंकर पाेखरेल
-
२८२ स्थानीय तहको मतपरिणाम आउँदाः कांग्रेस ४५.३९, एमाले २७.६५ र माओवादी २१.६३ प्रतिशत तहमा विजयी
-
सुदूरपश्चिम प्रदेश : हालसम्म कांग्रेस १९, एमाले १६, माओवादी नौं पालिकामा विजयी
Leave a Reply