विशेष अदालतमा थुनुवा बाहेकका सबै मुद्दा स्थगित
५ माघ, काठमाडौं । विशेष अदालतले कोरोना सङ्क्रमण बढेका कारण थुनुवा बाहेकका सबै मुद्दा स्थगित गरेको छ ।
कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको काम कारबाही मात्रै गर्नेछ ।
अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु सीमित सङ्ख्यामा छन् । आरोप पत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेशबाहेक अरु न्यायिक काम नहुने अदालतले जनाएको छ ।
विशेष अदालतले आरोप पत्र दर्ताको काम भने जारी राख्ने जनाएको छ । विशेष अदालतले थुनुवा बाहेकका सबै मुद्दाको सुनुवाइ रोकेको छ । पेशी र अरु तारिख दिने काम पनि नगर्ने भएको छ ।
हाजिर हुन आउने निवेदन पनि नलिने भन्दै अदालतको सूचनामा भनिएको छ, यस अदालतमा कार्यरत केही कर्मचारी एवं नियमित बहस पैरवीमा उपस्थित हुने केही सरकारी वकिल र कानून व्यवसायीसमेत संक्रमित हुनुभएका र अन्यसमेत संक्रमितको सम्पर्कमा रहन पगेको परिस्थितिमा नियमित कार्यसंचालन गर्दा थप सरोकारवालामा समेत प्रत्यक्ष जोखिम हुन सक्ने परिस्थितिको मूल्याङ्कन गरी आवश्यक सावधानी अपनाउनु पर्ने भएकोले यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply