दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल विजयी
१८ माघ, काठमाडौं । नेपाल मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले जित हात पारेको हो ।
नेपालले १०औं मिनेटमा सुजलको गोलले अग्रता लिएको थियो । त्यसलगत्तै १२औं मिनेटमा मौरिससले पाएको पेनाल्टीलाई किरण चेम्जोङले शानदार बचाउ गरेका थिए । नेपालले पहिलो मैत्रीपूर्ण खेल पनि जितेको थियो । विमल घर्तीमगरको गोलमा नेपालले पहिलो खेल जितेको थियो ।
७० औं मिनेटमा दुई टिमबीचका खेलाडीबीच झडप हुँदा खेल एकछिन तनावपूर्ण बनेको थियो । रेफ्री नविन्द्र महर्जनले नेपालका पुजन उपरकोटी र मोरिससका एड्रिन बोट्लरले रातो कार्डको दर्शन गराएका थिए । त्यसपछि दुबै टोली दश खेलाडीमा सिमित बनेको थियो ।
त्यस्तै रेफ्री महर्जनले नेपालका टिम म्यानेजर मधुसदन उपाध्यायलाई पनि रातो कार्डको दर्शन गराउँदै स्ट्याण्डको बाटो देखाएका थिए ।
त्यसको ७९औं मिनेटमा मोरिससका बैकल्पिक खेलाडी इमानुएल फुलचुन्डले रातो कार्डको सामना गरेपछि मोरिसस ९ खेलाडीमा सीमित भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply