सीके राउतको जनमत पार्टीले बन्द गर्यो पूर्व-पश्चिम राजमार्ग
२० माघ, सप्तरी । सीके राउत नेतृत्वको जनमत पार्टीले आज देखि पुनः पूर्व-पश्चिम राजमार्ग बन्द गराएको छ । किसान आन्दोलन गरिरहेको जनमत पार्टीको बन्द आह्वानमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी खण्डमा सवारी चलेका छैनन् । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।
आज विहानैदेखि राजमार्ग सुनसान देखिएको छ । केहि स्थानीय बाहेक लामो दूरीका सवारी चल्न सकेका छैनन् । राजमार्ग अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका ठाउँमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् । अहिलेसम्म तोडफोड र आगजनीका घटना भएको छैन । तर, पूर्वघोषित राजमार्ग बन्दको अवज्ञा गर्ने सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी जनमतका कार्यकर्ताहरुले दिएका छन् । राजमार्ग खुलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका छन् ।
किसानलाई मलखाद समयमा उपलब्ध गराउनुपर्ने, सिंचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्नेलगायतका ११ बुँदे माग राखेर जनमत पार्टी एक महिनादेखि आन्दोलनरत छ । अहिलेसम्म सरकारले समस्या समाधानका लागि ठोष पहल गरेको छैन ।
आन्दोलनको शुरुमा पनि केहि दिन जनमतले राजमार्ग अवरुद्ध पारेको थियो । प्रहरीले भने बल प्रयोग गरेर खुलाएको थियो । सो बेला आन्दोलनकारीले सिरहा, धनुषा र सप्तरी गरी ४ वटा ट्रकमा आगजनी र सयौं सवारी साधनमा तोडफोड गरेका थिए । आवश्यक तयारीका लागि भन्दै जनमतका कार्यकर्ताले राजमार्गबाट पछि हटेर केहि समय गाउँ केन्द्रित आन्दोलन गरे । त्यसपछि अहिले तयारीका साथ राजमार्ग अवरुद्ध पारेको उनीहरुको दावी छ । जनमत पार्टीले यसपल्टको आन्दोलन निर्णायक हुने बताउँदै आएको छ ।
जनमतका नेताहरुले सरकारलाई किसानको माग सम्बोधन गराउन जुनसुकै परिस्थितिको सामना गर्ने भन्दै उत्तेजक अभिव्यक्तिहरु दिने गरेका छन् । आन्दोलन सफल पार्न पार्टीले करिब २० हजार युवा दस्ता समेत तयार पारेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply