प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री?
२३ माघ, काठमाडौं । प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ। मुख्यमन्त्री राजेन्द्र राईले गठबन्धनमा सहभागी दललाई भागबण्डा मिलाएर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।
मुख्यमन्त्री राईले नियुक्त गर्ने मन्त्रीहरुले आज बिहान ११ बजे सपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री राईले सात मन्त्रालय रहेको प्रदेश १ मा गठबन्धनका दलहरुलाई भागबण्डा मिलाउनकै लागि मन्त्रालय फुटाएर १३ बनाएका छन्।
प्रदेश १ सरकारमा कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा (माओवादी केन्द्र) बाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्री हुने समझदारी दलहरुबीच भएको छ।
कांग्रेसबाट आज थप ३ जना मन्त्री हुने स्रोतले जनाएको छ। झापाका ओमप्रकाश सरावागी, ताप्लेजुङका प्रतापप्रकाश हाङगाम र मोरङका शेखरचन्द्र थापा मन्त्री हुने सम्भावना छ।
एकीकृत समाजवादीबाट खोटाङका राजन राई, इलामकी खिनुलङवा लिम्बु र मोरङका उपेन्द्रप्रसाद घिमिरे मन्त्री बन्ने सम्भावना छ।
नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकबहादुर मगर मन्त्री बन्ने सम्भावना छ।
एमाले नेता भीम आचार्यलाई हटाएर गएको कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई कांग्रेस, माओवादी र जसपाका ४९ जना सांसदको समर्थन छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply