आजदेखि फाइजर खोपको दोस्रो मात्रा दिइँदै
२४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमणबाट क्षति न्यूनीकरण गर्नका लागि आज देखि फाइजर खोपको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौंको गत २० माघको निणर्यअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको छ ।
काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार शनिवार बाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । खोप समन्वय समितिको निणर्यअनुसार वडाले तोकेका सम्बन्धित विद्यालयमा खोप केन्द्रमा लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले मात्र सो खोप लगाउन पाउने छन् ।
पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने गरी काठमाडौं महानगरपालिकाले सूचना जारी गरिसकेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी खोप लगाउने व्यवस्था गर्न पनि विद्यालयहरूलाई अनुरोध गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply