कांग्रेस संसदीय दलको बैठक सुरु
३ फागुन, काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा सुरु भएको छ।
केही बेरअघि नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दलको बैठक सुरु भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको छ।
त्यसैगरी अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदमा टेबुल गर्नेबारे पनि यो बैठकमा कुरा हुनेछ।
सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव पेश गरेका थिए।
त्यसैगरी सोमबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि नेताहरु एमसीसी अघि बढाउने दिशामा सहमति नजिक पुगेका थिए। प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ।
संसदमा पेश भएको प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि सोमबार संसदीय दल बैठक गरेको थियो।
एमालेले महाभियोगको प्रतिवाद गर्ने बताए पनि ठोस निर्णय भने गरेको छैन। एमालेले त्यसको निर्णय गर्ने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply