प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड
४ फागुन, काठमाडौं । सहमतिबिना एमसीसी अघि बढाइए सरकारबाट बाहिरिने निर्णय संसदीय दलबाट गराएलगत्तै माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार गएका छन् ।
पार्टीको निर्णय सुनाउन र सहमतिबिना एमसीसी अघि नबढाउन आग्रह गर्न प्रचण्ड प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्न गएका हुन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले एमसीसीलाई आजको कार्यसूचीमा राख्न दबाब दिएको छ भने प्रचण्डले बालुवाटारमा पुगेर एमसीसी अघि बढाइए आजै सरकार छाड्ने जानकारी दिन लागेको माओवादी नेता देव गुरुङले बताए । माओवादीका मन्त्रीहरुलाई पनि आवश्यक परे आजै राजीनामा दिनुपर्ने बताइएको छ ।
एमसीसीको सन्दर्भमा माओवादी रिजिड बनेको र माधव नेपाल लचिलो बनेको ब्रिफिङ कानूनमन्त्री दिलेन्द्र बडूले कांग्रेस नेताहरुलाई गरेका छन् ।
माओवादीले भने एमसीसी जबर्जस्त अघि बढाइए गठबन्धन टुट्ने प्रष्ट सन्देश दिएको छ । त्यही सन्देश दिन प्रचण्ड बालुवाटार गएका हुन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply