७ फाल्गुन २०७८, शनिबार १०:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न नरोक्ने
७ फागुन, काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न नरोक्ने भएको छ ।
पार्टीको नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको स्थायी कमिटी बैठकको निणर्यबारे जानकारी दिँदै शहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी कमिटी बैठकले एमसीसी सम्झौतलाई संसदमा टेबल गर्न नरोक्ने निणर्य गरेको जानकारी दिइन् ।
एमसीसीबारे सत्ता गठबन्धनमा विवाद रहेको छ । विवादका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि त्यसलाई संसदमा टेबल गर्न सकिरहेका छैनन् । यता अर्को सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी सम्झौता संसदमा टेबल गर्न नसकिने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि संसदमा एमसीसी टेवल गर्ने तयारी गरिरहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply