ओलीको टिप्पणी-एमसीसी संसदबाट पास गर्न होइन सडकमा आगो बाल्न ल्याएका हुन्
८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमसीसीलाई गिजोलेर भूराजनीतिक द्वन्द्वमा मुलुकलाई धकेलेको बताएका छन् ।
संसद बैठकपछि सिंहदरवारस्थित संसदीय दलको बैठकमा भेला भएका करिव दुई दर्जन एमाले सांसदहरुले एमसीसीबारे पार्टीको पोजिशनबारे जिज्ञासा राख्दा ओलीले एमसीसीलाई विगतमा आफूविरुद्धको हतियार बनाउनेहरुले अहिले मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन खोजेको बताए ।
छलफलमा सहभागी सांसद यज्ञराज सुनुवारले ओलीको भनाइ उदृत गर्दै भने– यी गठबन्धनकारीले एमसीसी अनुमोदनका लागि पेश गरेका होइनन्,जनताबीच भिडन्त गराउने र सडकमा आगो बाल्नका लागि अहिले ल्याइएको हो । यसमा एमालेको कुनै भूमिका रहदैन । सभामुखका कारण हामी संसदीय प्रक्रियामा छैनौं,प्रक्रियामा भाग लिन पायौं भने त्यहीबेला हाम्रो पोजिशन प्रष्ट हुन्छ ।
अध्यक्ष ओलीले परमादेशीलाई जनादेशले विस्थापित नगर्दासम्म मुलुक यस्तै संकटमा फस्ने बताएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply