११ फाल्गुन २०७८, बुधबार ०८:५५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपालीका लागि युक्रेन भ्रमण स्थगित, उतै रहेकालाई स्वदेश फर्किन सरकारको अनुरोध
११ फागुन, काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेन भ्रमण स्थगित गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न अनुरोध गरेको छ । त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परी त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको छ ।
हाल युक्रेनमा ३८ नेपाली रहेको जानकारी आएको नेपाली राजदूतावास बर्लिनलाई उद्धृत गर्दै मन्त्रालयले जनाएको छ । उनीहरू सबै सकुशल रहेको पनि मन्त्रालयले जनाएको छ । युक्रेनमा रहेका नेपाली नागरिकहरूले आवश्यक परेमा नेपाली राजदूतावास बर्लिनलाई सम्पर्क गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply