युक्रेनमा सैन्य कारबाही थालेको रुसको घोषणा
१२ फागुन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा ‘सैन्य कारबाही’को घोषणा गरेका छन्। रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत् ‘सैन्य कारबाही’को घोषणा गरेको बिबिसीले जनाएको छ ।
जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले यो घोषणा गरेका हुन्।
सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा बिस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ। बीबीसीका अनुसार राजधानी किभमा बिहीबार बिहान ५ देखि ६ वटा शक्तिशाली विष्फोटको आवाज सुनिएको छ ।
यद्यपि टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमाथि कब्जा गर्ने ‘कुनै योजना नरहेको’ बताएका छन्। रुसले चालेको कदम ‘आत्मरक्षा’ भएको पनि पुटिनको दाबी छ । पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू बिसाउन र घर फर्कन युक्रेनी सेनालाई आग्रह गरेका छन्।
यता संयुक्त राष्ट्रसङ्घका लागि युक्रेनका राजदूत सेर्गेई किजलिटाले राष्ट्रसङ्घका लागि रुसी राजदूतले आफ्ना राष्ट्रपतिले ‘मेरो देशमा युद्ध घोषणा गरेको’ पुष्टि गरेको बताएको रोयटर्स समाचार संस्थाले जनाएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply