एमसीसीको विरोधमा सुर्खेतमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन, दुई दर्जन बढी पक्राउ
१७ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एमसीसीविरुद्धको प्रदर्शन भड्किएपछि लगाइएको कर्फ्यु तोड्दै आज पनि विरोध प्रदर्शन भएको छ ।
प्रदर्शनकारी र प्रहरीबीच आज बिहान झडप हुँदा प्रहरी निरीक्षकसहित डेढ दर्जन प्रहरी घाइते भएका छन् भने प्रहरीले दुई दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । घर बाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरीहरु घाइते भएका हुन । दुई जना प्रदर्शनकारी पनि घाइते भएको जनाइएको छ । सोमबार भएको प्रदर्शन भड्किएपछि स्थानीय प्रशासनले सोमबार राति ८ बजेदेखि आज साँझ ७ बजेसम्मका लागि वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
प्रदर्शनकारीले नेपाली कांग्रेस र माओवादी केन्द्रसहित विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा आगजनी र तोडफोड गरेका थिए ।
सोमबार दिनभर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको अवस्था तनावग्रस्त बनेको थियो । एमसीसी सम्झौता संसद्बाट पारित गरेको विरोधमा आह्वान गरिएको नेपाल बन्दको क्रममा आयोजित प्रदर्शन प्रहरीसँगको झडपमा परिणत भएको थियो । सोमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले नेपाल बन्द घोषणा गरेका थिए ।
स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन सोमबार राति आठ बजेदेखि मंगलबार साँझ साढे सात बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू कायमै छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले कर्फ्यू आदेशलाई उल्लङ्घन गर्नेलाई गोली समेत हान्न सकिने आदेश जारी गरिएको जानकारी दिए । उनले भने,‘ हामी सुरुमा सम्झाई बुझाई गर्छौ । यदि आदेशको वास्ता नै नगरी बढ्ता भएको खण्डमा गोली समेत हान्न सकिने आदेश जारी छ ।’ मंगलबार बिहानैदेखि वीरेन्द्रनगरमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सडकमा ननिस्कन आग्रह गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply