भूपू ब्रिटिस गोर्खाको मागबारे बेलायतसँग वार्ता गर्न नेपालले बनायो समिति
१८ फागुन,काठमाडौं । भुतपूर्व ब्रिटिस गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीचको त्रिपक्षीय वार्ता छिट्टै हुने भएको छ ।
सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको मागबारे बेलायतसँग वार्ता गर्न समिति बनाएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा टोली बनाएको हो । नव नियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले वार्ताको पहल शुरु भएको जानकारी गराएका हुन् ।
हामी बेलायत सरकारसँग सम्पर्कमा छौं । वार्ता समितिलाई नेपालको मन्त्रिपरिषद्बाट पारित गरेपछि त्रिपक्षीय वार्ता प्रक्रिया अगाडि बढ्छु, राजदूत आचार्यले मंगलबार भने, मिति ठ्याक्कै भन्न त अहिले अप्ठेरो छ । तर, अब गोर्खा समस्याको दीर्घकालीन समाधान आवश्यक भएकाले म त्यसतर्फ बढी क्रियाशील छु । वार्ताबाटै सबै समस्या निराकरण गर्न हाम्रो ध्यान केन्द्रित हुनेछ ।
राजदूत आचार्य गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्नो सम्मानमा लन्डनमा गरेको एक कार्यक्रममा बोल्दै थिए । उनले त्रिपक्षीय वार्ता सफल बनाउन सबैको योगदान आवश्यक हुने पनि औंल्याए । गत बुधबार लन्डनस्थित नेपाली दूतावासमा पदबहाली गरेका आचार्यलाई नेपाल सरकारले वार्ताको नेतृत्व गर्न जिम्मेवारी सुम्पेको छ ।
कार्यक्रममा आफ्ना केही प्राथमिकता उल्लेख गर्दै राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, कूटनीतिक राजनीतिक, आर्थिक, सांस्कृतिक, व्यापारिक, शैक्षिक सम्बन्ध अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता सुनाए ।
व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनलगायत आर्थिक कुटनीतिका क्षेत्रमा राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउन राजदूतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोक्ने योजना पनि राजदूत आचार्यको छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले भूतपूर्व गोर्खाहरुको लडाईं कुनै धर्म, जातजाति, रंगभेदको नभइ समानता र नेपाल राष्ट्रको स्वाभिमानका लागि भएको प्रष्टयाए । हजारौं गोर्खाहरु त्रिपक्षीय वार्ता मिति कुरेर बसेको जनाउँदै राईले नयाँ राजदूतबाट गोर्खा माग सकारात्मक ढंगले अगाडि बढ्छ भन्नेमा आफूहरु विश्वस्त रहेको पनि बताए ।
उक्त कार्यक्रममा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले राजदूत समक्ष एक ज्ञापन र अवधारणापत्र पनि हस्तान्तरण गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply