माओवादी केन्द्रको आजबाट केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बाट शुरु हुने भएको छ । आजदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा बस्ने केन्द्रीय कमिटी बैठकमा एमसीसीप्रति असहमति जनाउँदै छलफल चलाउने तयारी छ ।
आजको वैठकमा एमसीसीबारे ‘नोट अफ डिसेन्ट’ राखिने पूर्व स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।
‘केन्द्रीय कमिटीको बैठकमा हाम्रा कुरा राख्छौँ । एमसीसी सम्झौताका बारेमा बहसका निम्त भिन्न मत भनेर हामी राख्छौं, उनले भने, पारित भइसकेको स्थितिमा नोट अफ डिसेन्ट राख्छौं ।
गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौं राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो । केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।
त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोभिड-१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो । माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।
केन्द्रीय कमिटी बैठकले अरू पदाधिकारीको टुंगो लगाउने नेताहरू बताउँछन् । बैठकले पदाधिकारी चयन गर्ने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । अहिलेसम्म पदाधिकारीमा को-को भन्ने टुंगो भने लागिसकेको छैन । महासचिव पदमा नेताहरू जनार्दन शर्मा र वर्षमान पुनको मुख्य दाबेदारी छ ।
एक पूर्वस्थायी कमिटी सदस्य अध्यक्ष प्रचण्डले पदाधिकारी टुंग्याउने गृहकार्य गरेको भए मात्रै अहिले पदाधिकारी चयन हुने बताउँछन् । अर्का एक नेता भने स्थानीय तहको निर्वाचन आइसकेकाले पदाधिकारी गठन गर्नैपर्ने बाध्यता रहेको बताउँछन् ।
माओवादी केन्द्रमा स्थायी कमिटी र पोलिटब्युरो पनि गठन गर्न बाँकी छ । बैठकले स्थायी कमिटी र पोलिटब्युरो पनि गठन गर्ने ढकालले बताए । स्थायी कमिटीमा पूर्वस्थायी कमिटीका सदस्यहरू नै दोहोरिने सम्भावना छ । बैठकमा आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनको तयारीबारे पनि छलफल हुने केन्द्रीय सदस्य कुमार पौडेलले जानकारी दिए । बैठकबाट निर्वाचनबारे नेता-कार्यकर्तालाई निर्देशन दिने तयारी छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply