माओवादी केन्द्रको आजबाट केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बाट शुरु हुने भएको छ । आजदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा बस्ने केन्द्रीय कमिटी बैठकमा एमसीसीप्रति असहमति जनाउँदै छलफल चलाउने तयारी छ ।
आजको वैठकमा एमसीसीबारे ‘नोट अफ डिसेन्ट’ राखिने पूर्व स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।
‘केन्द्रीय कमिटीको बैठकमा हाम्रा कुरा राख्छौँ । एमसीसी सम्झौताका बारेमा बहसका निम्त भिन्न मत भनेर हामी राख्छौं, उनले भने, पारित भइसकेको स्थितिमा नोट अफ डिसेन्ट राख्छौं ।
गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौं राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो । केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् ।
त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोभिड-१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो । माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।
केन्द्रीय कमिटी बैठकले अरू पदाधिकारीको टुंगो लगाउने नेताहरू बताउँछन् । बैठकले पदाधिकारी चयन गर्ने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । अहिलेसम्म पदाधिकारीमा को-को भन्ने टुंगो भने लागिसकेको छैन । महासचिव पदमा नेताहरू जनार्दन शर्मा र वर्षमान पुनको मुख्य दाबेदारी छ ।
एक पूर्वस्थायी कमिटी सदस्य अध्यक्ष प्रचण्डले पदाधिकारी टुंग्याउने गृहकार्य गरेको भए मात्रै अहिले पदाधिकारी चयन हुने बताउँछन् । अर्का एक नेता भने स्थानीय तहको निर्वाचन आइसकेकाले पदाधिकारी गठन गर्नैपर्ने बाध्यता रहेको बताउँछन् ।
माओवादी केन्द्रमा स्थायी कमिटी र पोलिटब्युरो पनि गठन गर्न बाँकी छ । बैठकले स्थायी कमिटी र पोलिटब्युरो पनि गठन गर्ने ढकालले बताए । स्थायी कमिटीमा पूर्वस्थायी कमिटीका सदस्यहरू नै दोहोरिने सम्भावना छ । बैठकमा आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनको तयारीबारे पनि छलफल हुने केन्द्रीय सदस्य कुमार पौडेलले जानकारी दिए । बैठकबाट निर्वाचनबारे नेता-कार्यकर्तालाई निर्देशन दिने तयारी छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply