माओवादीको केन्द्रीय समिति बैठक बस्दै
२२ फागुन, काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी छ ।
माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने बताए । त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ ।
केन्द्रीय समिति बैठक अघि पार्टी अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा व्यस्त छन् । माओवादीको केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि सुरु भए पनि गृहकार्य गर्नका लागि भन्दै शनिबारको दिन बैठक स्थगित गरिएको थियो ।
गत पुस ११ गतेदेखि १८ गतेसम्म चलेको माओवादीको आठौं महाधिवेशनबाट पारित विधानमा केन्द्रीय समिति २९९ सदस्यीय हुने उल्लेख छ । तर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गर्दै महाधिवेशन सम्पन्न गरिएको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिएको थियो । १५ सदस्यीय पदाधिकारीका अन्य पदहरु भने दुई महिनादेखि रिक्त छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply