डढेलोका कारण नाक्चुङ बस्ती जोखिममा, हेलिकोप्टरले पनि आगो नियन्त्रणमा लिन सकेन
२५ फागुन, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलोका कारण बस्ती जोखिममा परेको छ । आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा सोही गाउँपालिका-२ को नाक्चुङबस्ती जोखिममा परेको वडाध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिए ।
डढेलोका कारण नाक्चुङका १३ घर परिवार जोखिममा परेका वडाध्यक्ष शेर्पाले बताए । तीव्र बेगको हावाका कारण स्थानीयवासीले आगोलाई नियन्त्रणमा लिन कठिन भएपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरिएको छ । अग्निनियन्त्रक सिम्रीक एयरको हेलिकोप्टरले दुई दिनदेखि आगो नियन्त्रणमा लिने प्रयास जारी राखेको भए पनि सफल नभएको प्रहरीले जनाएको छ । गाउँपालिकाको पहलमा ल्याइएको उक्त हेलिकोप्टरले आगो नियन्त्रणका लागि ८४ हजार लिटर पानी प्रयोग गरेको वडाध्यक्ष शेर्पाले बताए ।
आगो लागेको क्षेत्र नजिकै पर्ने सुर्केखोलाबाट पानी तान्ने काम गरिएको छ । मङ्गलबार बेलुका लुक्लामा नै बसेको हेलिकोप्टरले आज पनि आगो नियन्त्रणको प्रयास गर्ने बताइएको छ । डढेलो नियन्त्रणका लागि गाउँपालिकाले सबै संयन्त्र प्रयोग गरेको भए पनि सफल हुन नसकेको पालिकाले जनाएको छ ।
अत्यधिक भिरालो र तीव्र बेगको हावाका कारण मानिसले आगो नियन्त्रणको प्रयास समेत गर्न नसक्ने स्थानीयवासी रामे तामाङले बताए । धुवाँका कारण सोमबार बिहान झण्डै एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेकोे थियो । आगोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भए पनि के-कति क्षति भयो एकिन गर्न कठिन भएको बताइएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply