३० फाल्गुन २०७८, सोमबार ०५:५८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुईको मृत्यु, २४ जना घाइते
३० फागुन,सिन्धुली । सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।
दुर्घटनामा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।
बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुधौली नगरपालिका-५ ठाकुरखोला-३ नम्बर पुलस्थित सडकमा आइतबार राति दुर्घटना भएको हो । दुर्घटनामा अन्य चार जना गम्भीर छन् ।
उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइतेहरुको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेहुला-बेहुली भने अर्कै गाडीमा थिए । टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply