गठबन्धनको भरमा चुनाव जितौंला भन्ने भ्रम दिमागबाट निकालिदिनुस् : प्रचण्ड
२ चैत, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचन ‘लाइफ एण्ड डेथ’ भएको बताएका छन् ।
माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेको निर्वाचनलाई सामान्य चुनावको रुपमा मात्र नलिएर ‘व्याटल’ को रुपमा बुझ्न निर्देशन दिए ।
लइाडँमा जाँदा हामी कसरी जान्थ्यौं, त्यसै गरी यो निर्वाचनमा जान जरुरी छ, उनले भने, यो निर्वाचन सामान्य हुने छैन । माओवादीलाई स्थानीय तह र अबका निर्वाचनमा परास्त गर्न धेरै शक्तिहरु लागेको उनले टिप्पणी गरे । दुई दलीय प्रणालीमा जाने बहस त्यसैको रुपमा प्रस्तुत भएको उनको भनई छ ।
गठबन्धनको भरमा चुनाव जित्ने भ्रम दिमागबाट निकाल्न उनको कार्यकर्तालाई आग्रह गरे । गठबन्धनको भरमा निर्वाचन जितौंला भन्ने भ्रम दिमागबाट आजै निकालिदिनुस्, उनले भने, आफ्नो तागत र आफ्नै बलमा चुनाब लडौं । जसरी पनि चुनाब जित्ने गरेर अघि बढौं ।
पहिलो संविधान सभामा जनयुद्धको रापतापसहित निर्वाचनमा जाँदा सफलता प्राप्त भएको उनले स्मरण गरे । त्यस्तै जोशका साथ निर्वाचनमा होमिन कार्यकर्तालाई प्रचण्डको निर्देशन छ । आक्रामक ढंगले प्रस्तुत हुन सकियो भने निर्वाचनमा सफलता प्राप्त गर्न सकिन्छ, प्रचण्डले भने, हामी सेटिङ मिलाउन जाँन्दैनौ तर सेटिङ मिलाउनेको सातो लैजान जान्दछौं । संसद विघटनविरुद्धको आन्दोलनको सफलताले उर्जा दिएको उनले बताए ।
उनले अबका दुई महिना सम्पूणर् तागत निर्वाचनलाई लगाउन आग्रह गरे । उनले जनतासँग लुज भएको सम्बन्धलाई सुदृढिकरण गर्ने गरी गाउँ गाउँ जान निर्देशन समेत दिए । आजभोली हामी सहिद परिवारको घर कटेर जान खोज्छौं । घाइते अपाङ्ग साथीहरुलाई सकेसम्म भेट्न नपरे हुन्थ्यो भन्ने पनि देखियो, उनले थपे, त्यसो नगरौं। त्यस्तो गर्ने छुट हामीलाई छैन ।
जनताको सेवा गर्ने भन्दा पनि आफ्नै सेवा गर्नेतर्फ केन्द्रीत हुनु दुर्भाग्य भएको उनको भनाई छ । उनले आत्मसमीक्षा सहित चुनावमा जान उनले आग्रह गरे । देशभर प्रशिक्षणको क्रममा रिपोर्ट लिँदा पार्टी कतै कमजोर नभएको देखिएको उनको भनाई छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply