माधव नेपालको पार्टीलाई चुनाव जित्न दिन्नौं : शंकर पोखरेल
३ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई चुनाव जित्न नदिने बताएका छन् ।
अखिल नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले एकीकृत समाजवादी भविष्यमा अस्तित्व नै नरहने अवस्था सिर्जना गर्ने बताएका हुन् ।
अहिले हामीले माधव नेपालको पार्टीलाई किन मान्यता दिएका छैनौं भन्दा त्यसलाई हराइदिने हो । भविष्यमा त्यो पार्टी अस्तित्वमा नरहोस् भन्नका लागि हामीले चुनाव नजित्ने खालको स्थिति बनाउनैपर्छ’ पोखरेलले भने ।
चुनावमा हारेपछि सो पार्टी एमालेमै समाहित हुने उनको दावी छ । जसरी विगतमा नेकपा माले भन्ने पार्टी गठन भएको थियो । सबैतिर चुनाव हराइदिएपछि के भयो ? झोली झुम्टा बोकेर सबै कमरेडहरु अब हामी घरै फर्कियौं भनेर आउनुभयो । पार्टी सकियो’ पोखरेलले भने ।
महासचिव पोखरेलले अरु साना कम्युनिस्ट पार्टीलाई पनि चुनावमा हराएर एमालेमा समाहित गर्ने बताए । नेता जोडेर बलियो कम्युनिस्ट पार्टी बनाउन खोज्यौं सम्भव भएन । अब कार्यकर्ता जोडेर कम्युनिस्ट पार्टी बलियो बनाउनुपर्छ । त्यसका लगि साना पार्टीहरुलाई चुनावमा हराइदिने र कार्यकर्तालाई आफूसित ल्याउने’ उनले भनेका छन् ।
पोखरेलले भने, अब हाम्रो बाटो एमालेलाई नेपालको वामपन्थी आन्दोलनको एक मात्र शक्ति बनाउने हो । अहिले थुप्रै छन् । तर, ती पार्टीहरुलाई हामीले चुनाव जित्न नसक्ने तहमा पुर्यायौं भने हराएर जान्छन् ।
नेपालमा ठूलो पार्टी फुटाएर जानेहरु कसैले पनि ठूलो पार्टी बनाउन नसकेको उनले बताए । मोहन वैद्यहरु एक प्रकारले प्रचण्डकै हाराहारीको शक्ति लिएर विभाजित भएका थिए । तर, आज कस्तो अवस्था छ ? कुनै ठाउँमा चुनाव लडेर चुनाव जित्ने ठाउँ छ र ? छैन’ उनले थपे, चुनाव जित्न नसक्ने भएपछि भनिरहेका छन् हामी क्रान्तिकारीहरु हो चुनावमा भाग लिँदैनौं ।
अबको राजनीतिक व्यवस्था आर्थिक विकास र समृद्धिको भएकाले सरकारको नेतृत्व गर्न नसक्ने दलको अर्थ नहुने पोखरेलले बताए ।
‘आर्थिक अवस्थामा रुपान्तरणको राजनीतिभित्र सरकारको नेतृत्व गर्न नसक्ने पार्टीहरुको के अर्थ छ र ? केही पनि छैन । यस अर्थमा नेपालमा सानातिना पार्टीहरु विस्तारै हराउँदै जान्छन् । र त्यसको ठाउँ ठूला पार्टीले लिन्छन्’ उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply