माओवादी केन्द्र कर्णालीका नेता विष्ट आज एमाले प्रवेश गर्दै
६ चैत, सुर्खेत । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट आज नेकपा एमाले प्रवेश गर्दै छन् ।
उनी एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको प्रेस नोट सार्वजनिक गरेका छन् ।
आज दिउँसो वीरेन्द्रनगरको सिटी हलमा आयोजित एक कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विष्टलाई एमालेमा स्वागत गर्नेछन् ।
विष्टले पनि आफू आज एमालेमा प्रवेश गर्न लागेको बताए । उनले भने, आज मसहित अन्य नेता–कार्यकर्ताहरु एमालेमा समाहित हुँदैछौं । उनले आज सांकेतिक रुपमा एमालेमा समाहित हुने र अन्य कार्यकर्ताहरुलाई समेट्दै अघि बढ्ने बताए ।
सुर्खेतको क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विष्ट कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक थिए ।
पार्टीले एमसीसीलाई संसदबाट पास गर्न भूमिका खेलेको भन्दै उनले माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply