पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दायर
८ चैत, काठमाडौं । एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १२ देखि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो ।
तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार शाहविरुद्ध नाबालिग बलात्कार प्रकरणमा १२ देखि १४ सजाय र पीडितलाई क्षतिपूर्ति भराउन मागदाबीसहित अदालतमा मुद्दा दर्ता गरिएको हो ।
१२ देखि १४ वर्ष सजाय माग गर्दै मुद्दा अदालत लगेका हौं । यो भनेको विद्यमान कानुन अनुसार अधिकतम सजाय माग दाबी हो’, शर्माले भने, ‘साथै पीडितलाई चार लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि माग गर्दै अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता भएको हो ।
तनहुँको दमौलीमा घटना हुँदा ती नाबालिग गायिकाको उमेर १५ वर्ष ९ महिना मात्रै रहेको खुलेको छ । नवलपुरमा घटना हुँदा पनि उनको उमेर १५ वर्ष ८ महिना चार दिन मात्रै रहेको जन्मदर्ताबाट पुष्टि भएको थियो । त्यसै गरी पलका म्यानेजर भनिएका कृष्ण जोशीविरुद्ध पनि मतियारका रुपमा मुद्दा दर्ता गरिएको शर्माले बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply