यातायातले सूचना सच्याउँदै भन्यो-भोलि विहानसम्म मात्रै सेवा बन्द
९ चैत, काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा बन्द रहनेबारेको आफ्नो सूचना संशोधन गरेको छ ।
विभागले बुधबार दोस्रोपटक जारी गरेको सूचनामा विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार विहान ६ बजेसम्मका लागि विभागको सर्भर बन्द रहने बताएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको संशोधित सूचनामा उक्त अवधिभर यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा बन्द हुने उल्लेख छ ।
यसअघि सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने भन्दै सूचना जारी गरेको थियो । यसले सेवा अवरूद्ध कहिले सुचारू हुन्छ भन्ने अनिश्चित भएको भन्दै सामाजिक सञ्जालमा विभागको आलोचना भएको थियो ।
तर, विभागले संशोधित सूचनामा सबै सेवा अनिश्चितकालका लागि बन्द हुने सूचना सत्य नभएको बताएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply