वीरगञ्जको मेयरमा एमालेबाट विजय सरावगी सर्वसम्मत उम्मेद्वार
![वीरगञ्जको मेयरमा एमालेबाट विजय सरावगी सर्वसम्मत उम्मेद्वार वीरगञ्जको मेयरमा एमालेबाट विजय सरावगी सर्वसम्मत उम्मेद्वार](https://ebudhabar.com/wp-content/uploads/2022/04/Capture.jpg)
३० चैत, वीरगञ्ज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट मधेश प्रदेशको एक मात्रै महानगरपालिका वीरगञ्जको मेयरको उम्मेदवारमा विजय सरावगीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
केही साताअघि मात्रै जनता समाजवादी पार्टी छाडेर एमाले प्रवेश गरेका सरावगीलाई वीरगञ्ज महानगर कमिटीको बुधबार बसेको बैठकले सर्वसम्मत रुपमा मेयरको उम्मेदवारका लागि सिफारिस गरेको हो । एमाले वीरगञ्ज महानगर कमिटीको पूणर् बैठकले प्रमुखको उम्मेदवारमा विजयकुमार सरावगीलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ’, एमाले वीरगञ्ज महानगर उपध्यक्ष महेश दासले भने ।
अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता बसेको बैठकमा सचिव सुन्दर कुर्मीले सरावगीलाई मेयरको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा उपाध्यक्ष महेश दासले समर्थन जनाएका थिए । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी गत फागुन २८ गते एमालेमा प्रवेश गरेका थिए ।
उनलाई अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज पुगेर पार्टीमा भित्र्याएका थिए । मेयर सरावगीले ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेको बताएका थिए ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply