२ बैशाख २०७९, शुक्रबार ०७:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अर्जुन दास हत्या प्रकरण : तीन महिनापछि ४ जना पक्राउ
२ वैशाख, काठमाडौं । घाँटी छिनालेर रुखमा झुन्ड्याइएको अवस्थामा फेला परेका कैलालीको जानकी गाउँपालिका–९, अमरावतीका अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
घटनाको झन्डै तीन महिनापछि बिहीबार प्रहरीले भारतकाे बाेर्डरबाट उनीहरूलाई पक्रेको हो।
प्रहरीका अनुसार हत्या घटना अनुसन्धानका लागि सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम बोहरालाई पक्राउ गरिएको हो।
भारतमा लुकिछिपी बसेका उनीहरु काम खाेज्न भैरहवा आउँदै गर्दा बिहीबार बाेर्डरबाट पक्राउ परेकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ।
अर्जुन दासकाे शव गत पुस पहिलो साता घाँटी छिनालेर रुखमा बाँधिएको बीभत्स अवस्थामा स्थानीय अमरावती सामुदायिक वनमा फेला परेकाे थियाे।
प्रहरीले शुक्रबार काठमाडाैँमा पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गरेकाे हाे।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply