११ बैशाख २०७९, आईतवार ०२:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पूर्व राज्यमन्त्री डिम्पल कुमारी झाको निधन
११ बैशाख, काठमाडौं । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।
डा. झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् ।
‘करिब डेढ/दुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उहाँको लगातार उपचार भइरहेको थियो । पछिल्लो समय भने डाक्टरहरुकै सल्लाहमा घरमै राखेर रेखदेख भइरहेको थियो, झाले भने, आज बिहान उहाँको निधन भयो ।
उनी दोस्रो संविधानसभामा सदस्य थिइन् । मधेश प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्रीसमेत रहिसकेकी झा हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत थिइन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply