२१ बैशाख २०७९, बुधबार ०७:०४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
त्रिभुवन विमानस्थलमा भेटिएन शंकास्पद वस्तु, उडान सुरु हुँदै
२१ वैशाख, काठमाडौं । बम रहेको हल्लाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण एक घण्टासम्म बन्द भएको छ ।
आज बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए ।
तर शंकास्पद वस्तु नभेटिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । सर्च अपरेसन सम्पन्न भएको छ, तर कुनै पनि शंकास्पद वस्तु भेटिएन, ठाकुरले भने । उनका अनुसार अब केहीबेरमा नियमित उडान सुरु हुन्छ ।
सर्च अपरेसन नसकिन्जेलसम्म यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो । त्यहाँ यात्रुहरुको ठूलो भिड लागेको थियो । हवाई उडानका लागि विमानस्थल पुगेका यात्रुहरु उडान प्रभावित हुँदा समस्यामा परेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply