२१ बैशाख २०७९, बुधबार ०८:३१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न विराटनगरमा देउवा
२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मोरङको विराटनगर पुगेका छन्। चुनावी सभा सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन्।
चुनावी सभालाई देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायतका नेताले सम्बोधन गर्ने बताइएको छ।
देउवासँगै अर्का नेता डा. शेखर कोइराला पनि विराटनगर पुगेका छन्।
विराटनगरको सभालाई सम्बोधन गरेर उनी आजै चितवन जाने कार्यक्रम छ। चितवनको भरतपुरमा बिहीबार हुने चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेलसँगै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले सम्बोधन गर्ने बताइएको छ।
कांग्रेसले शुक्रबार काठमाडौँमा चुनावी सभा गर्ने भएको छ। उक्त सभालाई सभापति देउवा र वरिष्ठ नेता पौडेललगायत नेताले सम्बोधन गर्ने कांग्रेस केन्द्रीय कार्यालय सानेपाले जनाएको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply